२८ आश्विन २०८१, सोमबार
Logo

तारकेश्वरको ऐतिहासिक स्थल ढिकीजातो चुलीको प्रचारप्रसारकोलागी पदयात्रा सम्पन्न

तारकेश्वर गाउपालिका वडा नम्बर ६ मा अवस्थित पर्यटकिय स्थल ढिकीजातो चुलिको पर्यटक प्रवद्धन गर्ने उद्देश्यले हाइकिङ्ग अर्थात पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।

गाउपालिकाका प्रमुख रमेश बहादुर वस्तिको नेतृत्वमा सम्पन्न भएको कार्यक्रमको आयोजना बागेश्वरी सेवा समाज तारकेश्वरले गरेको हो । समुन्द्रि सतहबाट १७ सय मिटरको उचाइमा रहेको सो स्थानभन्दा माथी १८५८ मिटरको उचाइमा अर्को पोखरेचुली अवस्थित छ । पर्यटकिय स्थल ढिकीजातो चुली प्रचारप्रसारको अभाबमा ओझेलमा पर्र्र्दै आएको पदयात्रामा सहभागी हुनुभएका समाजसेवि एवम नेकपाका जिल्ला नेता हरिप्रसाद रिमाल बताउनुहन्छ ।

तारकेश्वर गाउपालिका र बिदुर नगरपालिकाको सिमा क्षेत्रमा पर्ने सो स्थानको प्रवद्धनका लागी गाउपालिकाले यसैवर्ष मात्र १० लाख बजेट विनियोजन गरिएको अध्यक्ष रमेश बहादुर वस्तिले जानकारी दिनुभयो । आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनकालागी सवैपक्ष लाग्नुपर्ने कार्यक्रममा सहभागिहरु बताउछन ।

बागेश्वरी सेवा समाजका अध्यक्ष राजन रिमालले गाउपालीकामा यस्ता अथाहा पर्यटकीय स्थलहरु गुमनाम भएको अबस्थाको सुधार गर्ने यो पहिलो खुट्कीलो रहेको बताए । सबै संघ सस्था,राजनितीक कर्मी, समाज से्वी पेशा कर्मी, जनप्रतिनिधी लगायतले यस्ता पर्यटकीय स्थलको खोज संरक्षण र प्रवद्र्धन गर्न आबश्यक रहेको आयोजकले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्