त्यो लङ्गुर बुर्जाको खालमा रित्तिएको बगलि-रुपा थापा

त्यो लङ्गुर बुर्जाको खालमा रित्तिएको बगलिसंग
कुनै गुनासो गरिन
किनकि एउटै दाउमा टाट पल्टने मेरो बानि
अझै पनि उस्तै छ
अनि दाउ नवदल्ने मेरा बानि
अझै पनि उस्तै छ
लट्टाइका ति धागा संगै
छुटेका मनका चङ्गाहरु
फेरि पनि भेटिने आसमा
उडिरहन्थे समयका ति पंखहरुसंग
झुल्थे धानका बालाहरु
फुल्थे कोदाका बालाहरु
रितिन्थे गोठमा पालिएका
ति कैले र सिङ्गारे खसिहरु
दशै जो मान्नु थियो
बावियो को डोरि संग
बाटिएका ति पिङहरुमा
झुलिरहेको त्यो बालापन संग
छुटेका ति चौताराहरु
फिजिएका ति तासका पत्तासंग
नपल्टेका ति भाग्यहरु
फेरि पनि प्रतिक्षामा बस्थ्यो
ति आसिवार्दका हातहरुलाइ भेट्न
छुटेका ति हातहरु
जो फेरि अर्केा दशैमा भेटिएनन
अमिलो त्यो काक्रोको खल्पि जस्तै
अमिलिएका ति मनहरुलाइ सम्झाउथे
दशै जो भेटिए
दशै जो भेटिएनन
फेरि पनि नरित्तिएका
अनि प्रतिक्षामा बसिरहेका
ति चाहुरिएका अनुहारहरु
मुस्कुराउदै थिए बसेर चौतारिमा
हेर त हाम्रो साइली पनि आइछ
हो त हाम्रो माइला पनि आएछ
जे होस यो गाउको माटोलाइ
कम्सेकम यो दशैमा भए पनि सम्झेर आएछ
निस्सासिएको त्यो शहरवाट
केहि पल भए पनि यो गाउको
चिस्सो हावालाइ सम्झेर आएछ
मौलाएका ति जमरासंग
भरिने त्यो आसिवार्दका टिकाहरु
अनि भरिएका ति पिढिहरुमा
त्यो ढिकि र जातोसंगै
बुन्दै गरेको त्यो माकुराको जालोसंग
फेरि पनि उ त्यसै गरि जिस्किन्थी
दशैमा जम्मा गरेर राखेको
त्यो आसिवार्दको खुत्रुकेसंग
छुटेका ति हातहरुलाइ सम्झेर
म नहुदा पनि रमेको दशै
मैले छाडेर जादा पनि रम्ने दशै
त्यहि मिठ्ठो यादहरु संग
बगिरहनेछ त्रिसुलिका त्यहि छालहरुसंग
प्रतिक्रिया दिनुहोस्