१२ श्रावण २०८१, शनिबार
Logo

अक्कलादेबि कृषी सहकारीको आठौं बार्षिक साभारण सभा सम्पन्न


बिदुर नगरपालीक वडा नं ५ मा रहेको अक्कलादेवी कृषी सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभाको अबसरमा उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणीलाई सम्मान समेत गरेको छ । सहकारीका जेष्ठ सदस्य भिम बहादुर पुडाशैनिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष जितेन्द्र अर्यालले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष अर्यालले सहकारीले इ सेवा प्रदान गर्दै आएको ,कृषका पशु चौपायको बिमा तथा निर्जीवन बिमाको सेवा सूरु गरेको समेत जनाकारी दिनु भयो ।

सहकारीमा आवद्घ सदस्यहरुको माग र आबशयकतालाई सम्बोधन गर्दै आगामी दिनमा संस्था अगाडी बढ्ने बताउनु भयो । अध्यक्ष अर्यालले आगामी दिनमा कृषीलाई बिशेष महत्वको रुपमा हेरिने र बिउ तथा रासायनीक मलखादको उचित प्रबन्ध गर्ने समेत बताउनु भयो । अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन , कोषाध्यक्ष जमुना प्याकुरेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन र लेखा संयोजक श्यामकाजी अर्यालले प्रस्तुत गरेको प्रतिवेदन माथी छलफल पछी भेलाले प्रतिवेदन पास गरेको हो ।


३७५ जना शेयर सदस्य रहेको सहकारीको सेयरपुजी ६१ लाख,७६हजार ,१सय , कुल ऋण लगानी १ करोड,साठी लाख, तीन हजार ,पांच सय,आठ रुपैया, जगेडा कोषमा ३ लाख ८३ हजार ,४ सय,४७ रुपैया ९५ पैसा, रहेको छ । सहकारीले गत आर्थिक बर्षमा १ लाख, ७६ हजार,छ सय , १२ रुपैया,३३ पैसा रहको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्