१२ बैशाख २०८२, शुक्रबार
Logo

नेपालकै पहिलो सुरुङ मार्ग बनाउन सम्झौता : ४२ महिनामा काम सकिने, लगानी १६ अर्ब

काठमाण्डौ – नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ ।

सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ बनाउन सोमबार सम्झौता भएको हो । सम्झौतामा सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र  हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कम्पनीले नोभेम्बर महिनादेखि काम थाल्नेछ । आयोजनाको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणमा समस्या देखिए पनि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने थापाले जानकारी दिनुभयो ।

सम्झौतामा ४२ महिनामा सुरुङ मार्गको काम सक्ने उल्लेख छ । सुरुङ मार्गका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग १६ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋणमा सम्झौता भैसकेको छ । उज्यालाे

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्