१२ श्रावण २०८१, शनिबार
Logo

हस्तिकेश्वर बैयाकर्ण लिलानाथ आधारभूत विद्यालयका छात्रछात्रालाई क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडाको सहयोग

तारकेश्वर गाउपालीका वडा नं ३ पोखरी आल स्थीत रहेको हस्तिकेश्वर बैयाकर्ण लिलानाथ आधारभूत विद्यालयका छात्रछात्रा यो पटकको बाल दिवशको दिन निकै हर्षीत भएका थिए ।
क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक बिनोद सिंखडा शिशिरले उक्त आधारभूत विद्यालयलाई आधुनिक कम्प्युटर प्रिन्टर र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गर्नु भए पछि सबैको मन हर्षित भएको हो ।


पोषाक तथा कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ३ नं. वडाका वडाध्यक्ष सुर्यमान श्रेष्ठले विद्यालयलाई शैशिक सुधारको लागी हस्तान्तरण गरिएको पोषाक तथा कम्प्युटर, प्रिन्टरले बिद्यालयका छात्रछात्रालाई पठनपाठनमा उत्साह मिल्ने बताउनु भयो ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडाले अप्ठ्यारो परिस्थीतीमा सहयोग गर्नु नै मानवीय धर्म रहेको बताउनु भयो । उहाले अध्ययनमा लगन शिलता भएकाहरुको लागी आफ्नो साथ र सहयोग हरपल रहने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो । संस्थापक निर्देशक सिंखडाले आजका यी बालबालीका भबिष्यमा देशको महत्वपुर्ण पात्रको रुपमा रहने भन्दै नबिनतम कुरामा जानकारी दिनु पर्ने आबश्यकता औल्याउनु भयो । संस्थापक निर्देशक सिंखडाले शिक्षालाई प्रबिधी मैत्रि बनाउन केही हद सम्मको सहयोगको लागी बिद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको बताउनु भयो ।
बिद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद अधिकारीले सहयोगको लागी आभार प्रकट गर्दै सिम्खडालाई बिद्यालयले सम्मान समेत गरेको छ ।


कक्षा १ देखि ४ सम्म पढाई हुने उक्त विद्यालयमा सिंखडाले प्रदान गरेको कम्प्युटर र प्रिन्टरले कमजोर आर्थिक अवस्था भएको दलित तथा जनजाती वस्तीका विद्यार्थीलाई प्राविधिक शिक्षाको आधारभूत जानकारी दिने अपेक्षा गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष भोज बहादुर भण्डारीले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

र्वी नेपालको संखुवासभा घर भएका कुशल ब्यबसायी, समाज सेवी,तथा शिक्षा पे्रमी सिम्खडाको सामाजिक सेवाको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्