आज विश्वकर्मा पूजा , बाबा विश्कर्माको यस्तो छ महिमा

कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ ।वास्तुशास्त्री, इञ्जिनियर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।
यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । यस उपलक्ष्यमा आज वास्तुसम्बन्धी काम गर्ने संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ । मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको शुरुवात् विश्वकर्माले नै गर्नुभएको शास्त्रीय मान्यता छ ।
यस्तो छ विश्वकर्मा पूजाको महत्वहाम्रो वैदिक सनातनधर्म यति विशाल छ की याहाँ सबैको पुजा र सम्मान हुनेगर्दछ । वृक्ष देखि पशुपक्षी सम्मको पुजाको पद्धति आर्य सभ्यतामा रहेकोछ । पुजा कुरिती होइन पुजा सम्मानहो, पुजाले आत्मबल, मानसिक शान्ति प्रदान गर्दछ ।
मनकै कारणले ब्यक्ति दुःखी र वन्धनमा पर्ने हुन्छ “मनएव मनुष्याणां कारणं बन्धमोक्षयो” संसारमा मनुष्यलाई मन द्वारानै वन्धन र मुक्ति प्राप्ती हुन्छ, अतः पुजागर्नु मनशान्त पार्नु हो, मनशान्त भए पारिवारिक सुःख समृद्धिको वृद्धि हुन्छ ।यिनै पुजन पद्धति मध्य एक बिश्वकर्मा पुजा पनि हो यो पुजा हरेक बर्ष आश्विन १ गते गर्ने चलन रहेकोछ । बिश्कर्मा भनेका शिल्पीकलाका मालिक हुन् ।
विश्वकर्मापुजा बैदिक काल देखि नै चलिआएको हो बिश्कर्मा वास्तुदेवका पुत्र हुन् विष्णुको नाभि कमल ब्रह्मा ब्रह्माका पुत्र धर्म धर्मका वसु नामगरेकी पत्नीबाट वास्तुदेव नामका पुत्र भए र शिल्प शास्त्रका प्रवर्तक कहलाए सोही कारण विश्वकर्माले रचनागरेको गृह निर्माण विद्यालाई वास्तु शस्त्र भनियो ।वस्तुदेवकी आंगिरसी नामगरेकी पत्नी बाट विश्वकर्माको उत्पत्ति भयकोहो भन्ने शास्त्रमा उल्लेख गरियकोछ । विश्वकर्माले सत्ययुगमा बर्ग त्रेतायुगमा लङ्का द्वापरयुगमा द्वारिका कलियुगमा हस्तिनापुरको निर्माण गरे । सम्पूर्ण देवताका शिल्पी विश्वकर्माकै सहाराले कृष्णले कसैले पनि भेदनगर्न नसक्ने द्वारिकापुरीको निर्माणगर्न सफलभए ।
दृश्यते यत्र हि त्वाष्टं« विज्ञानं शिल्पनैपुणम् ।
रथ्याचत्वरवीथीभिर्यथावास्तु विनिर्मितम् ।।विश्वकर्माको निर्माण विज्ञान सम्मत थियो भन्ने कुरा भागवतले पनि स्पस्टपारेको छ । कल–कारखानाका अधिष्ठता बाबाको पुजन वैदिक सनातन काल देखि चल्दैआएकोछ हिन्दूहरुले गर्ने प्रधान कर्म अग्निस्थापनामा पनि अग्निकुण्ड निर्माण र शुद्धि पश्चात प्रथम विश्वकर्मणे नमः भनी बाबा विश्वकमाकर्माको आवाहन गर्ने पुजन गरिसके पछि ज्ञान अज्ञानमा भएको खन–जोतको दोष निवारणार्थ प्रार्थना निम्न मन्त्रद्वारा गरिन्छअज्ञानाज्ज्ञानतो वापिदोषास्युः खननोद्भवाः ।
नाशयत्वं हि तान्सर्वान् विश्वकर्मन् नमोस्तु ते ।।धन–धान्य एवं सुख–समृद्धि को अभिलाषा राख्ने व्यक्तिले बाबाको पुजा–आराधना गर्नु आवश्यक देखिन्छ ।विश्वकर्माको पुजा भनेको कर्मको पुजाहो भने अर्को कुुरा छुवाछुत र भेदभावको अन्त्य गर्दै मूर्ति पुजामात्र होइन मूर्तिकारको पनि पुजा हो ।
प्रतिक्रिया दिनुहोस्