१२ श्रावण २०८१, शनिबार
Logo

लिखु गाउपालीका वडा नं ४ मा रहेको स्वास्थ्य चौकीमा प्रभावकारी सेवा ,स्थानिय हर्षित

लिखु गाउपालीका वडा नं ४ मा रहेको स्वास्थ्य चौकीमा प्रभावकारी सेवा रहेको पाइएको छ । आइतबार सामुदायिक बिकाश केन्द्र नुवाकोटको पारस्पारिक जवाफ देहिता परियोजनाले सो कुरा जालपा न्युजलाई जानकारी दिएको हो ।
ब्यबस्थीत कार्यकक्ष, यन्त्र तथा उपकरणको उचित प्रयोग र संरक्षण गरिएको पाइएको छ । स्वास्थ्य चौकीमा दरबन्दी अनुरुपका कर्मचारी भएकाले कार्य सम्पादनमा निकै सजिलो रहेको प्रमुखप्रबिण श्रेष्ठ बताउ छन् । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निशुल्क बितरण गर्ने गरेको प्रमुख श्रेष्ठले बताउनु भयो ।

 

बर्थिङ सेन्टर सहित रहेको यस स्वास्थ्य चौकीमा मासिक करिब २० जना गर्भबती जाच गर्न आए पनि करिब ५÷ सात जनाको मात्र डेलिभरी हुने गरेको नर्सिङ स्टाफ मनिला कुमालले् बताउनु भयो । अनमी कुमालले बार्षिक ५० जना जती डेलीभरी यो स्वास्थ्य चौकीमा हुने गरेको बताउनु भयो । उहाले यहा दलित जनजाती तथा आर्थिकरुपमा कमजोर भएका महिलाहरु मात्र आउने गरेको बताउनु भयो । “गर्मी महिनाको लागी त काम गर्न सजिलो छ । तर जाडो महिनाको लागी वामर र हिटरको अपुग छ, बैकल्पीक रुपमा सोलार भैदिए झन् सेवा गुणस्तरीय हुने थियो अरु सामान त राम्रै छ काम गर्न सजिलो छ ” अनमी कुमाल बताउनु हुन्छ ।
“ जुन सुकै समयमा आए पनि काम हुन्छ , सेवा लिन आउनु भएको सिता राई भन्नु हुन्छ औषधी दिन्छन् , अन्त जान परेको छैन ”सजिलो छ ।


परिवार नियोजन सम्बन्धी सरसल्लाह , घाउ चोटपटक लागेका बिरामी , ज्वरो रुघा खोकी दम ज्ञ्यास्टीक रोग तथा स्त्री रोग , खोप सेवा लगाएतका स्वास्थ्य सेवाका लागी यहा आउने गरेको स्वास्थ्य चौकीले जनकारी दिएको छ । साथै महिला बालबालीका जेष्ठ नागरिक अशक्तहरुको लागी पालिका संगको समन्वयनमा स्वास्थ्य शिबिरको आयेजना समेत गरेको छ । सफा स्वास्थ्य चौकी हाता र सुरक्षित फोहोरको बिर्षजन तथा महिला मैत्रि एवम अपांगता मैत्रि बातावराण भएके स्वास्थ्य चौकि रहेको निरिक्षण टोलीले जनाएके हो ।
यहा लिखु गाउपालीकाको वडाहरु ४, ५, र ६, पंचकन्या गाउपालीकाको १ नं वडा लगाएतका स्थानबाट सेवा लिन आउनेगरेको संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्