२९ आश्विन २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

रवि लामिछानेसहित तीन जनालाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान,म्याद थप्न अदालत लगियो

फाइल तस्बिर।

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पुर्‍याएको छ।

शुक्रबार बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लैजाँदा लामिछानेका समर्थकले नाराबाजी गरेका थिए।

‘आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन अदालत लगिएको छ,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले सेतोपाटीसँग भने।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछाने र कँडेललाई बिहीबार साँझ न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो। कार्की त्यसअघि नै पक्राउ परेकी थिइन्।

मल्लका अनुसार आत्महत्या दुरुत्साहनमा अनुसन्धान आवश्यक देखिएपछि तीनै जनालाई पक्राउ गरिएको हो।

पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि छोडेको भिडिओमा उनीहरूको नाम लिँदै केही आरोपहरू लगाएका थिए।

मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दामै मुद्दा अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए।

पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए। तर, सो आरोप लामिछानले अस्वीकार गर्दै आएका छन् ,सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्