बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई रु ५० लाख
बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षति प्रतिपरिवार रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएपछि मात्र मृतकका परिवारले शव बुझेका हुन् ।
नुवाकोटको ककनी गाउँपालिका–१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीयवासी १३ वर्षीया विनिता बलामी र सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमती भएको छ । अवैधरुपमा बालुवा उत्खनन कार्यमा संलग्न रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ । ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिनुभयो
प्रतिक्रिया दिनुहोस्