१२ श्रावण २०८१, शनिबार
Logo

फोनिजको स्थापना दिवसको अवसरमा संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया सम्पन्न

नेपाल आदिवासी जनजाती पत्रकार महांसघ फोनिजको स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज बिदुरमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वयन समितीका प्रमुख सन्तमान तामाङले संरक्षणको अभावमा जनजातीहरुको कला धर्म संस्कृती तथा पहिचान हराउदै गएको बताएका छन् । प्रमुख तामाङले बिभिन्न सुमुदायको मौलिकपन जोगाउन राज्यले पहल गर्नु पर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल आदिवासी जनजाती महांसघ नुवाकोटका अध्यक्ष भगवान रानामगरले संचार माध्यमहरुलाई प्रर्वद्घन गरेर जनजातीका बिषयमा काम गर्नेहरुको लागी संम्मानको ब्याबस्था गर्नु पर्ने धारणा ब्यक्त गरेका छन् ।
त्यस्तै पत्रकार महासंघका नुवाकोट शाखाका अध्यक्ष कपिलदेब खनालले जनजातीका भाषामा दखल भएका दक्ष ब्यक्तीको अभावले प्रसारण सामाग्रीमा समस्या भएको बताएका छन् । अध्यक्ष खनालले स्थान पिच्छेका भाषा फरक भएकाले एक ठाउमा अर्थ र अर्को ठाउमा अनर्थ हुने हुदा संचार माध्यमले सबै भाषा समेट्न नसकेको बताए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरी गजुरेल , प्रेस युनियन नुवाकोटका अध्यक्ष किरण अधिकारी, केन्द्रिय पार्सद धुर्व रावल , पत्रकार नवदिप श्रेष्ठ , लगाएतले पुराना पुस्ताका पत्रकारको योगदानको कदर गर्न ,साम्प्रदायीक सहिष्सुणता कायम गर्ने, अन्य जातका पत्रकारहरुको पनि सम्मान गर्न आबश्यक भएको भनाई ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्