धादिङमा खाेलामा डुबेर ज्यान गुमाएकाका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिइने

धादिङ – एक्स्काभेटरले खाडल खनेर बनाएको खोलाको ठूलो रहमा डुबेर ज्यान गुमाएका दुई जनाका परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने भएपछि आफन्तले आइतबार शव बुझेका छन् ।
गजुरी नगरपालिका–६ नवासी १८ वर्षीय भिमबहादुर स्याङ्तान, २३ वर्षीय सुमन स्याङ्तान गहिरो खाडलमा परेर मृत्यु भएपछि आक्रोशित भिडले तीन एक्स्काभेटरमा आगजनी गर्दै उचित क्षतिपूर्तिको माग गरेका थिए ।
आइतबार दिउँसो भएको छलफलमा व्यवसायीको तर्फबाट दुवै परिवारलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने सहमति गरेपछि मृतकका आफन्तले पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार बैदवारले जानाकारी दिनुभयो ।
व्यवासयीहरु भने आफ्नो एक्स्काभेटरमा मृतकका परिवारले नभइ तेश्रो पक्षले आगजनी गरेको भन्दै किटानी जाहेरी दिने र अपराध गर्नेलाई कारबाही गर्नुपर्ने अडानमा छन् । यो समाचार सिताराम अधिकारीले उज्यालोमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्