१२ श्रावण २०८१, शनिबार
Logo

काठमाडौंमा एक दिने निस्शुल्क प्राथमिक उपचार तालिम सम्पन्न


सम्झना मिश्र
डिस्कभरी रोयल स्पोर्ट्स प्रा लि का प्रवन्ध निर्देशक समेत रहेका अभियन्ता ओमप्रसाद उप्रेतीले साउन २४ गते काठमाडौंमा एक दिने निस्शुल्क प्राथमिक उपचार तालिम प्रदान गरेका छन् ।
ओम समाज डेन्टल हस्पिटल र विराज समाजको पुर्ण ब्यवस्थापन र आयोजनामा एक दिने तालिम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारामा सम्पन्न भएको हो । यसअघि पनि आयोजना भएको तालिम अति प्रभावकारी भएका कारण पुन आयोजना गरिएको तालिममा करिब ५ सय ३७ जनाले प्रशिक्षण लिएको उप्रेती भनाइ छ। कार्यक्रमको सफलताको लागि नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरु निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्मा विशेष अतिथिका रूपमा उपस्थित भएका थिए । राष्ट्रको लागि योगदान’ भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोट्र्स प्रा लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको संयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम भव्य रुपमा सम्पन्न भएको हो ।
यो तालिम मानव जीवनका लागि अति नै उपयोगी भएकोले पहिलेको भन्दा धेरै सहभागी गराउने उदेश्यका साथ पुनस् दोस्रो पटक निशुल्क प्राथामिक उपचार तालिमको आयोजना गरिएको ओम समाज डेन्ट्ल अस्पतालका प्रवन्ध निर्देशक डा. सुवास घिमिरेले बताए ।
पहिलेको भन्दा उल्लेख सहभागिता रहेको र तालिम मानवीय जीवनमा अति उपयोगी भएका कारण सहभागीले प्रत्यक्षलाभ लिएको
बिराज समाज काठमाडौंका अध्यक्ष रामप्रसाद दाहालले बताए ।
युएईमा सिकेको सीप नेपाली जनताहरुलाई निस्शुल्क सिकाउने लक्ष्यका साथमा युएईका व्यावसायी तथा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले आफ्नो अभियानको चौथो चरणको तालिमको तयारी तीव्र भएको बताएका छन् ।
प्राकृतिक विपत्ति, आकस्मिक अवस्था, दुर्घटनामा हरेक मानिसलाई कसरी जोगाउने भन्ने आधुनिक विधि र पद्धतिबारे सिकाइने प्राथमिक उपचार तालिम नेपालका ७७ वटै जिल्लामा आयोजना गर्ने अभियन्ता उप्रेतीले अहिलेसम २६ जिल्लामा यो तालिम सम्पन्न गरिसकेको जानकारी दिएका छन् । यो अभियानको चौथो चरणमा सुदुर पश्चिमका १२ वटा जिल्लामा आगामी असोज ५ देखि १७ मा आयोजना गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्