१२ श्रावण २०८१, शनिबार
Logo

२ दर्जन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेपाली कांग्रेश परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश

शुक्रबार सुर्यगढी गाउपालीका वडा नं ३ का करिब २ दर्जन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नेपाली कांग्रेश परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् । नेपाली कांग्रेसको परिपाटी राम्रो नभएको साथै नेपाली कांग्रेसमा आफ्नो राजनितिक भबिष्य र देशको उन्नती कुनै कुरा नपाएकाले बाध्य भएर पाटी परित्याग गरेको उनीहहरुले बताएका छन् । पाटी प्रबेश गर्नेमा एक जना ७४ बर्षिय जेष्ठ नागरिक पनि रहेको वडा कमिटीले जनाएको छ ।७४ बर्षिय सेतीमाया तामाङले नेपाली कांग्रेसको काम आफुलाई राम्रो नलागेकाले जिवनको उत्तरार्धमा नेकपा रोजेको बताएका छन् ।

नेकपा प्रबेश पछि शंकर नेपालले नेकपामा प्रबेश गर्दा निकै खुसी लागेको बताए । उनले आफुले लामो समय सम्म नेपाली कांग्रेमा समय मात्र बर्वाद गरेकाले अबका दिनमा सच्चा कम्युनिष्ट बनेर पाटीको दस्ताबेज अनुसार काम गर्ने बताए । त्यस्तै पाटी प्रबेश गरेका मनोज पाख्रिनले पाटीको शिद्घान्त अनुरुप समाज परिवर्तनको लागी काम गर्ने प्रतिबद्घता जनाए ।
आज पाटी प्रबेश गरेकाहरुलाई प्रदेश सांसद बद्रि मैनाली ,प्रदेस सदस्य बिन्दा ढुंगानाले अबिर तथा खादाले स्वागत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्