१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

वृद्धभत्ता लिन गएका ९५ वर्षीय सेते सार्की मृतावस्थामा भेटिए

नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट निस्किएका सार्की घर नआएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि खबर गरेका थिए ।

प्रहरी, स्थानीयवासी र सार्कीका परिवार सहितका टोलीले खोज्ने क्रममा  बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताउनुभयो । प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्