१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

सांसद मैनालीको बाटुली लामिछानेलाई औषधी खर्च स्वरुप मासिक ५ हजार

सांसद बद्रि मैनालीले बिश्वकै सबै भन्दा जेष्ठ नागरिकलाई मासिक रु ५ हजार रुपैया सहयोग गर्न सुरु गर्नु भएको छ ।
नेकपाका नेता एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य बद्री मैनालीले बिश्वकै सबै भन्दा जेष्ठ नागरिक बाटुली लामिछाने लाई औषधी खर्च स्वरुप उक्त रकम प्रदान गर्नु भएको हो । निर्वाचनको समयमा उहाले राज्यबाट आफ्नो नाममा आउने सेवा सुबिधा स्थानिय जनतालाई नै सहयोग गर्ने उहाको प्रतिबद्धता अनुरुप नै बाटुली लामीछानेलाई मासिक ५ हजार रुपैया उपलब्ध गराउने हुनु भएको हो । आफु पदमा रहुन्जेल आफ्नो तलब समाज सेवामा खर्च गर्ने उहाको भनाई छ ।
उहाले यहि आसाढबाट लागु हुने गरेर बाटुली लामीछानेको बैक खातामा रकम जम्मा गर्न सुरु गर्नु भएको छ । त्यस्तै गरि पुर्व शिक्षक तथा जनयुद्वका जनकलाकार पचकन्या गाउपालीका वडा नं वडा २ कविलास निवासी हित वहादुर सुवेदी लाई मासिक १००० रुपैया दिने सांसद मैनालीले बताउनु भयो ,
औषधी खरिदको लागि यहि बैशाख महिना देखि लागू हुने गरि बैशाख देखि आषाढ महिना सम्मको रकम बैंकमा रकम जम्मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्