१२ श्रावण २०८१, शनिबार
Logo

समाज सचेतन केन्द्र नुवाकोटको २० औ वार्षिक साधारणसभा सम्पन्न

समाज सचेतन केन्द्र नुवाकोटको २० औ वार्षिक साधारणसभा शनिवार विदुरमा सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्ने क्रममा केन्द्रका अध्यक्ष यमकुमार खातीले लक्षित बर्गका लागी काम गर्ने सामाजिक संघ सस्थालाई राज्यले बेवास्ता गरेको् बताएका छन् । अध्यक्ष खातीले काम गर्ने संस्थालाई राज्यले सहयोग नगरेको र कागज मिलाएर बस्ने संस्थालाई मात्र सरकारले हेर्ने गरेको आरोप लगाएका छन् ।
साधारणसभामा बहुउद्देश्यीय सामुदायिक साझेदारी भवन निर्माण गर्दा बाँकी रहेको १० लाख ३२ हजार रुपैयाँ क्रृण तिर्न नयाँ योजना बनाउने , लेखा परिक्षण गर्न लेखापरिक्षकको रुपमा टिकाजंङ पाण्डेलाई नियुत्त गर्ने तथा सिलाई कटाई आधारभुत र स्पेसल गरि ६० जनालाई तालिम सञ्चालन गर्ने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्