१२ श्रावण २०८१, शनिबार
Logo

विचौलियामय बन्दै मालपोत कार्यालय नुवाकोट

  नुवाकोट मालपोत कार्यालयमा कर्मचारी अभाव भए संगै विचौलियामय बन्दै गएकोछ । सधै व्यस्त रहने मालपोत कार्यालयमा घण्टौ देखि बाहिर झ्यालमा सर्वसाधरण सेवाग्राहि लाईन लाएर बस्नबाध्य छन् भने विचौलियाहरु भने सिधा भित्र प्रवेश गरेर मनोमानि तरिकाले काम गर्ने प्रवृद्धि बढेको छ । ‘मंगलबार मालपोत कार्यालयमा दुई घण्टा जति ईन्टरनेटमा समस्या आएको भन्दै कार्यालयले सेवाग्राहिलाई कुराईरहदाँ समेत लेखापढिको आढमा विचौलियाहरु धमाधम कार्यालय भित्र नै गएर काम गरिरहेको आफ्नो परिचय गोप्य राख्न चाहने विदुर नगरपालिका वडा नं १२ चारघरेका सेवाग्राहि रामकृष्ण भट्टले बताउनुभयो ।’ तीन दिन देखि मालपोतले आज र भोलि भन्दै कुराईरहेको बताउनुभयो । आफु तीन घण्टा भन्दा बढि झ्यालमा उभिएर लाईनमा बसिरहेको छु भित्र बाट अर्काको फाईल बोकेर हिड्नेले भने ३/४ जनाको काम सकाएर बहिर निष्किन्छ तर कर्मचारी मौन रहेको सेवाग्राहि बताउछन् । ‘कार्यालयमा ३२ जना कर्मचारीको दरबन्दि भएता पनि हाल १६ जना कर्मचारीले मात्र भएकाले कामको बोझ बढि हुनेगरेको प्रमुख मालपोत अधिकृत नारायण प्रसाद अधिकारी बताउनुहुन्छ ।’ मगंलबार सेवाग्राहिको भिड बाहिर बाक्लो थियो बाहिरबाट सेवाग्राहि विचौलियालाई बाहिर निश्कन आग्रह गरिरहेका थिए तर कर्मचारी संगै विचौलियाहरु भने बाक्लो संङख्यामा धमाधम काम गरीरहेका थिए । तल भएको गतिविधि हेर्न जान कार्यालय प्रमुखलाई अनुरोध गरे संगै उक्त स्थानमा पुग्नुभएका प्रमुख स्वयमले सबैलाई बाहिर पढाउदै त्यहा कार्यरत कर्मचारीलाई बहिरी व्यक्तिलाई भित्र प्रवेस नगराउन र कार्य कक्षको ढोका चुकुल लगाएर बस्न निर्देशन दिनुभयो । कार्यालय भन्दा बाहिर नै गाउँबाट आएका सेवाग्राहिलाई केहि टाडाबाढा लेखापढिहरुले बाटैमा सर्वसाधरणलाई रोकेर काम छिटो गर्दिन्छु भनेर गर्ने गरेको पाईएको र त्यो कार्य आफ्नो परिसर भन्दा बाहिर हुने गरेकाले त्यसलाई आफुले केहि पनि गर्न नसक्ने प्रमुख अधिकारीले बताउँनुभयो । कार्यालयमा जन शक्तिको अभावका कारण सेवाग्राहिलाई समय दिन नसकेको अधिकारी बताउनुहुन्छ । छोटो समयमा नै काम गर्दिन्छु भन्ने लेखापढि गर्दै आएकाहरुले भने आफुले कर्मचारीको काम सघाएको भन्दै सर्वसाधरण सेवाग्राहिहरुलाई समेत भित्रै बाट सक्नुहुन्छ भने तपाईपनि आएर गर्नुस भन्दै गरेको पाईएको छ । मगंलबार मात्र नभई यहाँ सधै जसो यस्तै हुने गरेको स्थानिय प्रत्यक्षदर्शिहरुले बताएका छन । सर्वसाधरण भने सरकारी कामकै लागि भनेर झ्यालमा ढुकेर बस्नुपर्ने तर विचौलिया भने मालपोतको ढण्डा सम्म राज गर्ने गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानका मालपोत कार्यालयहरु नमुना कार्यालय बनाईरहेको समयमा नुवाकोटको मालपोत कार्यालयलाई पनि नमुना बनाउने लक्ष्य लिनुभएका मालपोत प्रमुख अधिकारीलाई कार्यालयमा दैनिक रुपमा हुने त्यस्ता गतिविधिले लक्ष्य पुरा गर्न सकिएला भन्न सकिन्न । साथै सेवाग्राहिले समयमा नै सेवा पाउन नसकेको भन्ने जन गुजासो आएकाले स्थलगत रिपोटिङ्गमा गएका पत्रकार माथि समेत लेखापढिका नाममा मालपोतमा आफ्नो राज चलाउन खोज्ने केहि व्यक्ति आक्रामाक रुपमा प्रस्तुत भएका थिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने मालपोतमा हुने गरेका त्यस्ता गतिविधिहरुलाई चाडै नै नियन्त्रण गर्न र त्यस्ता गलत नियतका व्यक्तिहरुलाई प्रवेशमा समेत रोक लगाउन मालपोत प्रमुख नारायण प्रसाद अधिकारीलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्