१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालीकाको असुरक्षित सडकमा खुइलिएको जेब्राक्रस


बिदुर नगरपालीका भित्रका सडकहरुमा जेब्राक्रस खुइलिएको छ भने क्याटआई बिग्रिएको छ । नुवाकोटका सडकहरुमा दिनानु दिन सवारी चाप बढ्दो क्रममा छ । तर सम्भाबित जोखिम बहन गर्ने कुनै कसरत भएको पाइएको छैन । बिदुर नगरपालीका भित्रका कुनै पनि मुख्य सडकमा जेब्राक्रस नै छैन । नियम बमोजिम तथा सवारी चापको अबस्था अनुरुप बनाउनु पर्ने जेब्राक्रस सबै तिर खुइलिएको छ । पैदलयात्री र सवारी साधन ब्यबस्थीत र अनुशासित बनाउन महत्वर्पुण भुमिका निर्वाह गर्ने जेब्राक्रस नहुदा पैदलयात्री जथाभावी बाटो काट्न बाध्य छन् । वल्लो किनारबाट सडकको पल्लो किनार सम्म पुग्न जेष्ठनागरीक, स्कुले बालबालीकाहरुलाई निकै जोखिम छ । यो बिषयमा नत सडक बिभागको ध्यान छ नत स्वस्च्छ र सुन्दर नगरपालीका बनाउने कार्यबिधीमा नै यो बिषय छनौट भएको छ । जेब्राक्रस सगै सडकमा हुनुपर्ने अर्को महत्वपर्ण कुरा क्याटआई हो । यो पनि सवारी साधन ब्यबस्थीत बनाउन नसक्दा सुरु गरेको केही समयमा नै काम नलाग्ने भयो । अहिले बिदुर नगरपालीका भित्रका सबै स्थानमा खुइलिएको जेब्राक्रस छ ,भने काम नगर्ने आइक्याट छ । सडक बिभागको र बिदुर नगरपालीको जिम्मेवारीमा पर्ने यो कार्यमा बिगत लामो समय देखी दुबै निकायको ध्यान गएको छैन । यसलाई सवारी साधनको चापको आधारमा ३ महिना दोखी ६÷६ महिनामा बनाउनु आबश्यक हुन्छ तर तेसो हुन सकेको छैन । गल्छी त्रिशुली मैलुंङ स्याफुबेसी सडक खण्डमा पर्ने देबिघाट, पिपल्टार, माझिटार ,गंगटे बटार बिदुर , ढुंगे त्रिशुली लगाएतका सडकहरुमा जेब्राक्रस, क्याटआई तथा ट्राफिक लाईटको आबश्यकता महशुस गरिएको जिल्ला ट्राफिक इन्जार्च बिकल भट्टराईले बताए । “यस बिषयमा मैले नगरपालीकासंग कुरा गरेको थिए तर पछि केही कुरा हुन सकेको छैन” उनले भने ।

प्रतिक्रिया दिनुहोस्