१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर नगरपालीका भित्रका सडकहरु अस्तब्यस्त

बिदुर नगरपालीकाको मुख्य सडक तथा साहायक सडक लथालिंग छ । कतै स्तरोन्नतीको क्रममा समस्या छ । कतै भर्खरै असारे बजेट सकेर गरेको कालोपत्रेमा खाल्डो र खोल्सा बनेर जोखिम निम्त्याई रहेको छ ।
बिदुर नगरपालीका भित्रका सबै स्थानका सडक प्राय अस्तबस्त नै छ । बिदुर नगरपालीकाको वडा नं १० र ११ मा सडकको दुर्शसाले पुरै गाउलाई नै बिचल्ली बनाएको छ । त्यस माथी खानेपानीको पाईप सडक स्तरोन्नतीको क्रममा लथालिंग पारिए तर त्यसमा नगरपालीकाले कुनै ध्यान दिन सकेन । स्थानियको दबाब र पहलले मात्र काम सुरु भयो । तर काम चित्त बुझ्दो नभएको वडा वासीहरुको भनाई छ । “सिम्मुटारको कल्भटमा २ वटा ढल राखौ भन्दा ठेकेदार पक्षले मानेन कस्लाई के भन्ने र, गेर्खु खोलाको हालत देख्नु भा छ खोला एका तिर छ पुल अर्का तिर कसरी होला समाधान ” वडा अध्यक्ष गणेश कुमार नेपालले बताए । मुख्य सडक र साहायक समस्याको बिषयमा नगरपालीकाले समाधानको लागी कुनै पहल नगरेको उनी बताउछन् । बिदुर नगरपालीका वडा नं १० को गेर्खु खोलाले सधै चालक र यात्रुलाई भारी पिडा दिने गरेको छ , बर्षौ भयो नगरले कुनै समाधानको लागी कामको सुरुवात गरेको छैन ।

 

बिदुर नगरपालीका वडा नं ५ मा सडक स्तरोन्नतीको क्रममा सहायक सडक लथालिंग छ । सडकले आफ्नो घर बस्तीमा छिर्न नसक्ने अबस्था छ । मुख्य सडक निर्माण गर्ने क्रममा सहायक सडकलाई नै प्रतक्ष्य असर पुग्ने गरि स्तर उन्नती भयो । त्यसमा नगरपालीको कुनै भुमिका र पहल नभएको स्थानियको गुनासो छ । लामो समयको प्रयास र स्थानियको दबावको कारण बल्ल निर्माण कम्पनीले पिपलटारमा काम सुरु गरेको छ । बिदुर नगरपालीका वडा नं ४ बिदुर नगर पालीकाको सबै भन्दा सुगम वडा त्यहाको हालत नि तेस्तै छ । निर्माण कम्पनीको यो लापरबाहीमा बिदुर नगरपालीकाले पुर्ण रुपमा साथ र सहयोग गरिहेको छ ,नत्र भने किन कुनै पहल भएन एक वडा सदस्य भन्छन् । त्यस्तै बिदुर नगरपालीका वडा नं ४ आपघारी चौताराको हालत उस्तै छ , महिनौ भयो सडक ब्याबस्थीत बन्न सकेको छैन । बिदुर नगरपालीका भित्रका अधिकांस साहायक सडकको अबस्था उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्