२९ आश्विन २०८१, मंगलवार
Logo

गिरफ्तारीमा परेका कमरेडहरुलाई रिहा नगरे प्रतिफलको भागेदार स्वयं सरकार हुने विप्लवको चेतावनी

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले जनकलाकार माइला लामालाई यथाशिघ्र रिहा गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य समेत रहेका भ्याली इन्चार्ज लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ ।

विज्ञप्तिमा लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी दिइएको छ । यो सामाजिक फासिवादी केपी सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरीभ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई गिरफ्तार गरेको छ ।

केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं । केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।

यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ । यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’ ,पार्टी महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्