१२ श्रावण २०८१, शनिबार
Logo

गुडिरहेको गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु ,घाईतेलाई अस्पताल पुराउन कठिनाई

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको ज्यान गएको छ ।
रसुवागढीबाट १० जना यात्रु बोकेर काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको गाडीमा पछाडिको भागमा माथिबाट खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

चालक सहित अन्य ६ जना सामान्य घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।
। मृतक र घाइतेको पहिचान नखुलेको रसुवा प्रहरीले जनाएको छ । घाइतेलाई उपचारार्थ काठमाडौं पठाउन हेलिकोप्टर मगाए पनि खराब मौसमका कारण आउन सकेको छैन । घाइतेलाई अन्य उपायबाट काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्