१२ श्रावण २०८१, शनिबार
Logo

जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु


जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्ति हुनुहुन्छ । उहालाई जिल्ला त्रिशुली अस्पतालबाट उपचारको लागी हेलिकप्टरबाट काठमाडौ लैजाने क्रममा नै मृत्यु भएको हो ।
उच्च रक्तश्राव पछि अबश्यक रगत ब्लड बैकमा नभए पछि निकै ढिलो गरेर आफन्तलाई अस्पतालले खबर गरेको हो । उच्च रक्तस्राव हुँदा समेत लापरवाही गरेको अस्पतालले ११ बजे मात्र छिटो काठमाण्र्डाै लैजान आग्रह गरेको थियो ।
उहाको स्वास्थ्य अवस्थाको वारेमा हेलो सरकार सगै जिल्लाका सांसद लगायतहरुलाई गुहार्दा समेत सुनुवाई नभए पछि विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले हेलिकप्टरको ब्यबस्था गरेका हुन् । टिचिङ अस्पताल पुराउने वित्तिकै उहाको मृत्यु भएको थियो । उहाको नवजातशिशु भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्