१२ श्रावण २०८१, शनिबार
Logo

सुर्यगढी गाँउपालिकामा अख्तियार दुरुपयोगको अनुसन्धान, राजनितीक प्रतिशोधको आधारमा बदनाम गरियो-अध्याक्ष घले

नुवाकोटको सुर्यगढी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरिको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुसन्धान गरेको छ ।
गाँउपालिकाबाट सम्बन्धित आयोजनाहरुमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरिको आधारमा आयोगले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्र काटे पछि स्थलगत छानबिन गरेको हो ।
गाउँपालिकाबाट सन्चालित सडक निर्माण, खानेपानी आयोजना लगायतमा अनियमितता भएको उजुरिमा उल्लेख छ , तर यस बिषयमा गाउपालीकाको अध्याक्ष सन्तबहादुर घलेले यसप्रती आपत्ति जनाएका छन् । “राजनितीक प्रतिशोधको आधारमा यस्तो भएको उनको भनाई छ । पहिला आयोजनाको उपभोक्ता समितीको गठन हुन्छ,योजना संचालन हुन्छ अनि इन्जीनियरले पास गर्छ, अनी समितीलाई भुक्तनी दिइन्छ, हामीले भयोकी भएन भनेर हेर्ने हो ,यसमा हाम्रो किन बदनाम गर्न खोजियो,” उनले भने

सडक निर्माण गर्दा काटिएको रुखहरु हामीले बिक्री गर्ने होइन बन उपभोक्ता समितीले हो ,उनले भने । काटिएको रुखको भोगचलन चुरेधारा बन उपभोक्ता समितीले गरेको उनको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय नुवाकोटसंग यस बिषमा राय सहितको रिपोर्ट पठाउन भने पछि बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटका सुचना अधिकारी धर्म भट्ट अनुसन्धानको लागी सर्यगढी गाउपालीकामा पठाइएको प्रमुख जिल्ला अधिकारी त्रोण प्रसाद पोखरेलले जानकारी दिनु भयो

प्रतिक्रिया दिनुहोस्