११ बैशाख २०८२, बिहीबार
Logo

विदुर नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु

नुवाकोटको विदुर नगरपालिका वडा नंवर ९ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ बर्षिय कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले जानकारी दिनुभयो। उनको खिङतेचस्थित आफ्नै घरमा पालिएको कुखुराको खोरमा कुखुरालाई दाना दिने क्रममा तार सर्ट भई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरिक्षक पल्लीमगरले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्