प्रहरी कार्यालय नुवाकोटको आयोजनामा सहकारीलाई आँपको विरुवा वितरण
जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायीक प्रहरी सेवा केन्द्र नुवाकोटको आयोजनामा एक सहकारीलाई २ सय आँपको विरुवा वितरण गरेको छ ।
आज विदुरमा एक कार्यक्रमका बिच प्रहरी नायव उपरीक्षक राजेश थापाले लोकप्रिय उपभोक्ता सहकारी संस्थाका अध्यक्ष केशव बहादुर कुमाललाई आँपको विरुवा वितरण गर्नु भएको हो । स्थानिय स्तरमा बिरुवाहरु वितरण गर्न सहकारीलाई फलफुलको विरुवा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्