२२ मंसिर २०८१, शनिबार
Logo

गोलभेडा खेतीबाट प्रशस्त लाभ लिन सकिन्छ -गोलभेडा ब्याबसायी पंत

पंचकन्या गाउपालीकाका  वडा नं १ का ५६ बर्षका रेशम राज पंत अहिले गोलभेडा खेती गरेर बसिरहेका छन् । माओवादी आन्दोलनका क्रम अग्रमोर्चामा आनदोलनमा होमिएका रेषम पार्टीले कार्यकर्ता ब्याबस्थापन गर्न नसकेकोमा गुनासो गर्छन् ।“पाटी भनेर उमेरमा ज्यान दिएर लागियो अब कृषीमा राम्रो गर्छु , अहिले ६ आनामा परिक्षणको रुपमा गोल भेडा लगाएको छु । अबका दिनमा आफ्नो सबै जमिन तथा मिले जग्गा लिएर पनि गोल भेडा खेती गर्छु ।” उनले आफुले गोलभेडा खेती गरेको जमिन देखाउदै “यो जमिनबाट अहिले मैले बार्षिक २ लाख नाफा आम्दानी गर्ने गरेको छु ,स्थानिय सरकारले सहयोग गरे यहि बर्षबाट सबै जमिनमा खेती गर्छु । ” उनले गोलभेडाको बिउ काठमाडौबाट ल्याउने गरेको बताएका छन् । उनको टनेलमा हल्याण्ड र डक्टर नामका गोलभेडा लटरम्म पाकेका थिए । “बजारको अभाब छैन , घरबाटै बेच्छु, प्रतिकिलो ५० रुपैयामा ,अर्गानिक हो ,”उनले भने । उनले अहिले २ वटा टनेलमा गोलभेडा लगाएका छन् 

२०७३ साल देखी गोलभेडा खेती गर्न सुरु गरेका पन्तले आगामी दिनमा ७ रोपनी जग्गामा ब्याबसायिक खेती गर्ने उनको लक्ष्य रहेको बताए । जमिन जागर दुबै छ तर सिंचाइको अभाबले उनलाई पिरोल्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्