१२ श्रावण २०८१, शनिबार
Logo

कोल्पुखोलाको बालुवातस्करीमा बेलकोटगढी नगरपालिकाकै सेटिङ, जनप्रतिनिधिविरूद्ध उजुरी

नदी दोहन बढेपछि नुवाकोट र धादिङको सिमानामा रहेको कोल्पुखोलाको पुल जोखिममा परेको छ । स्थानीय प्रशासन र प्रहरीले पुल वरपर बालुवा झिक्न रोक लगाए पनि बालुवा तस्करहरुले रातको समयमा खोलाबाट बालुवा निकाल्ने हुँदा पुल जोखिममा परेको हो । पुल वरपर बालुवा झिकेसँगै जोखिम बढेको भन्दै जिल्ला समन्वय समिति नुवाकोट, बेलकोटगढी नगरपालिका र बालुवा तस्करहरुविरुद्ध उजुरीसमेत परेको छ ।

स्थानीयवासीले पुलै जोखिममा पारेर तस्करले बालुवा झिक्ने गरेको भन्दै आफूसमक्ष उजुरी आएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो । सो विषयमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले गत साता जिल्ला आपत्कालीन समितिको बैठकमै बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानालाई सचेत गराउनुभएको थियो । नुवाकोटको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध टिपरले बस, माइक्रोबस र साना सवारीलाई आवतजावत गर्न गाह्रो परेको चालक बताउँछन् ।  दैनिकिबाट

प्रतिक्रिया दिनुहोस्