२५ मंसिर २०८०, सोमबार
Logo
final gp koirala advert

साहित्यकार श्रेष्ठ बागलुङमा सम्मानित हुने

नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ बागलुङमा सम्मानित हुनु हुने भएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले हरेक बर्ष प्रदान गर्ने ‘बम–सरस्वती स्मृति पुरस्कार’ बाट यस बर्ष नुवाकोटका साहित्यकार श्रेष्ठ सम्मानित हुन लाग्नुभएको हो । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रेष्ठले नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानको कदर गर्दै असार २९ गते २०६ औँ भानु जयन्तीका अवसरमा नगद रु. दश हजार राशिको नगद पुरस्कार श्रेष्ठलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । नुवाकोटे साहित्यकार श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, कविता, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ ‘ट्राफिक जाम’ हाइकु संग्रह, लगायतका कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्