२७ मंसिर २०८१, बिहीबार
Logo

किन बिग्रन्छ छबि ओझाको श्रीमतिसंग सम्बन्ध ?

निर्माता छबी ओझा बिरुद्ध सुटुक्क विवाह गरेकी नायिका शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । नायिका रेखा थापासंग सम्बन्ध बिच्छेद गरेका छबीलाई शिल्पाले तीन वर्ष अगाडी साथ दिएकी थिइन् ।

विवाह अगाडी शिल्पाले छबीसंग प्रेम भएको बताउदै आएपनि विवाह भने सुटुक्क गरेकी थिइन् । शिल्पासंग छबिको तेस्रो विहे थियो ।
त्यसो त शिल्पाले छबिकै फिल्म ‘लज्जा’वाट डेब्यु गरेकी थिइन् । त्यसपछि छबी ओझाकै हवल्दार सुन्तली र मंगलममा शिल्पाले मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।

 

पहिलो पटक छबीले गीताञ्जली सुनारसंग विवाह गरेका थिए । एक सन्तानकी आमा समेत रहेकी गीताञ्जलिको दुई दशक अघि निवासमै निधन भएको थियो ।

गिताञ्जलीको निधनपछि रेखा थापासंग विवाह गरेका छबीले रेखासंग पनि १० वर्षपछि सम्बन्ध विच्छेद गरे । पछिल्ली श्रीमति शिल्पासंग पनि सम्बन्ध बिग्रिएपछि उनको चरित्रको विषयमा टिप्पणी गर्नेहरुलाई बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्