१४ मंसिर २०७९, बुधबार
Logo
final gp koirala advert

लिखु गाउपालीकाले कृषकलाई प्रोत्साहन गर्दै

लिखु गाउपालीकाले किसानलाई ब्याबसायीक कृषक बनाउन पंत्येक वडामा एक एक अगुवा कृषक छनौट कार्यक्रम सम्पन्न गरेको छ लिखु गाउपालीकाको पशुपंछि एकाइले नमुना कृषी कार्यक्रम अन्तरगत पंत्येक वडामा एक एक जना अगुवा कृषक छनौट गरेको हो ।

जसमा बाख्रा पालक कृषकहरुमा वडा नं १ का बैगुन्ठ लामिछाने ,२ का साइली राई, ४ का यतिकुमार राईलाइ चालु आर्थिक बर्षमा बिनियोजन गरेको रकम एकाइले बितरण गरेको हो । त्यस्तै कुखुरा पालक कृषकहरुमा वडा नं ३ का नबिन राई, ५ का ध्रुर्व राज श्रेष्ठ र ६ हरिकृष्ण ढुंगानालाई पनि पालीकाले २ लाख बराबरको चेक प्रदान गरेको छ । त्यस्तै सोही कार्यक्रममा लिखुको पशुपंछि एकाइले ५ सय क्षमताको मिनी ह्याचरी समेत कृषकलाई प्रदान गरेको छ । चौघडाका पोल्ट्री ब्यबसायी राजु श्रेष्ठलाई पालीकाले २ लाख ७८ हजार बराबरको मिनी ह्याचरी प्रदान गरेको एकाईका राम कुमार राई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्