१२ श्रावण २०८१, शनिबार
Logo

भोली लिखु गाउपालीकामा शोक बिदा

भोली शुक्रबार लिखु गाउपालीकाको कार्यलय तथा अन्य सबै वडाहरु बन्द हुने भएको छ । लिखु गाउपालीका वडा नं २ का दलित महिला सदस्य गंगा नेपालीको हृदयघातका कारण निधन भएकाले बिदा दिन लागिएको पालीकाले जनाएको छ । कार्यपालीकाको निणर्य अनुसार भोली सबै कार्यलय बन्द गरेर शोक बिदा दिने निर्णय गरेको हो ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचित र हाल नेकपाका सक्रिय सदस्यसमेत रहेकी उनको आज पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलिसहित अन्त्येष्टि गरिएको छ।

नेपालीले २०७४ सालको स्थानीय तह निर्वाचनमा साविकको खानिगाउँ गाविस हालको लिखु-२ मा दलित महिला तर्फबाट सदस्य जितेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्