२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

बजारमा आएको बिषादीयुक्त भारतीय आँप नखान डाक्टरको सुझाव

विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप नेपाली बजारमा बिक्री भइरहेको भन्दै उपयोग नगर्न आग्रह गरिएको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप बजारमा छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो ।

भारतबाट आएका दशहरी, सबुजालगायतका जातका आँप विषादीयुक्त रहेको  छन् । भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्। भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको हो ।

चिकित्सकले यसरी विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने हुँदा प्रयोग नगर्न सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्