१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

बाख्रापालक कृषकहरुको लागी बोयर जातका बोका बितरण

लिखु गाउपालीकाले बाख्रापालक कृषकहरुको लागी बोका बितरण गरेको छ । लिखु गाउपालीकाको पशुपंछि शाखाले छ ओटा बोयर जातका बोका कृषकहरुको लागी बितरण गरेको हो । मासुमा आत्मनिर्भर बनाउने उद्घेश्यले बोयर प्रजातीको बोका छानेर बितरण गरेको पशुपंछि शाखाले जनाएको छ ।

 

एक दिनमा ३०० ग्राम सम्म तौल बढ्ने भएकाले आगामी दिनमा लिखु गाउपालीकालाई मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको पालीकाले जनाएको छ । कृषकको ४० प्रतिशत लगानी र गाउपालीकाको ६० प्रतिशत अनुदानमा गाउपालीकाको प्रत्येक वडाको लागी एक एक ओटा बोका बितरण गरेको गाउपालीकाले जनाएको छ । चालु आर्थिक बर्षमा पशु अनुदान कार्यक्रम अन्तर्गत छुट्याएको २ लाख १२ हजार रुपैयाबाट बोका बितरण गरेको पालीकाले जाएको छ ।

प्रतिक्रिया दिनुहोस्