१२ श्रावण २०८१, शनिबार
Logo

पिक प्वाईन्ट एकेडेमी र डिना थापा एसईई २०७५ को इतिहास रच्न सफल

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित पिक प्वाईन्ट एकेडेमीकी छात्रा डिना थापाले राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसईई २०७५ को नतिजामा जिपिए ४ ल्याई ईतिहास रच्न सफल भएकी छिन् । देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएको एसईईमा डिना थापाले बूढानीलकण्ठ नगरपालिकामा मात्र नभई देशभरिकै उत्कृष्ट विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ । विद्यालयका शैक्षिक संयोजक चिरञ्जीवी नेपालका अनुसार डिना कक्षा ५ देखि सो विद्यालयमा अध्ययनरत थिईन् ।

पढाईमा तेज डिना वक्तृत्वकला, वादविवाद लगायतको अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी छिन् । विद्यालयमा २३ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा डिना सहित ५ जनाले ए प्लस ल्याएको विद्यालयको शैक्षिक संयोजक नेपालले जालपा न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्