१२ श्रावण २०८१, शनिबार
Logo

भ्रमण वर्षको प्रदेशस्तरीय समिति गठन प्रति होटल तथा पर्यटन व्यवसायीसंघको आपति बुझाईयो पर्यटन बोर्डका सिइओलाई ज्ञापनपत्र

भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन प्रति होटल तथा पर्यटन व्यवसायीसंघ नेपालले सोमबार पयर्टन बोर्डका सिइओ दिपकराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल प्रदेश तीनका संयोजक सन्तोष उप्रेती सहितको टोलीले भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठनमा होटल व्यवसायीहरुलाई पनि समाबेस गर्न सोमबार पर्यटन बोर्डका सिइओ दिपकराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाएपछि सिइओ जोशीले सकारात्मक प्रतिक्रिया दिएको संयोजक उप्रेतीले बताउनु भयो ।

भ्रमण वर्ष सफल पार्न होटल व्यवसायीहरुको मूख्य भूमिका हुने भएकाले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन मा आफुहरुलाई छुटाउनु भनेको भ्रमण वर्ष २०२० सफल हुनुमा प्रश्न चिन्ह खडा भएकोे विज्ञप्तिमा उल्लेख त । प्रदेश नम्मबर तीनमा होटलहरुको संख्या तिस हजार रहेको छ तर सरकारले होटल व्यवसायीहरुलाई उपेक्षा गरेको भन्दै प्रदेश नम्बर ३ बाट २ जना र वाँकी छुटेका ७ वटा जिल्लालाई अनिर्वाय प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति मा राख्न माग गरिएको छ ।

आवर टुरिजम न्युजबाट

प्रतिक्रिया दिनुहोस्