१२ श्रावण २०८१, शनिबार
Logo

पंचकन्या गाउपालीकाको चिनारी बन्दै पुस्प खेती

 

बिष्णुमणी ढकाल पूष्प ब्यबसायबाट मनग्य आम्दानी गरेर परिवार चलाउन सकिने बताउछन् । पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी बिष्णुमणि ढकाल यस अघि रंगरोगनको काम गर्थे , अहिले पनि उहा फूल ब्यबसाय सगै खेती पातीको काम गर्नु हुन्छ । २०७५ सालको सुरु देखी ब्याबसाय सुरु गरेको बताउनु हुन्छ । आफ्नो सम्पुर्ण जमिनमा पुस्प ब्यबसाय गर्ने ढकाल बताउृनु हुन्छ । लगानी र परिश्रम कम, उत्पादन बढी भएर फूल खेतीले आकर्षित गरेको उहाको भनाई छ । “फूल खेतीबाट घाटा बेहोर्नु नपर्ने रैछ” । उहाले फूल रोपेको जमिन देखाउदै भन्नु भयो – यो १९ आनाको गरा हो , मैले यो गरामा चैत्र देखी फूल रोपेको हो आज को दिन सम्ममा मैले ८० हजार नाफा लिगी सके ,धान रोपेको भए १५ हजार कमाउथे होला ,अब सबै जग्गामा फूल रोप्छु ।”
बजार राम्रो सँग नचिन्दा फुलहरु ुकहीएर गएको बर्तमान सम्झीदै उहाले अहिले बजारको समस्या नरहेको बताउनु भयो ।
पंचकन्या गाउपालीका बानियाँटारमा उत्पादन भएका फूल तथा मालाको मुख्य बजार नुवाकोटको सबै स्थानीय र काठमाडौ रहेको ढकाल बताउनुहुन्छ । स्थानीय जातको फूलबाट उत्पादन कम हुने भएको हुदा उन्नत जातको बिउ प्रतिकिलो २५ हजार रुपैया तिरेर किन्ने गरेको ढकाल बताउनु हुन्छ । अबका दिनमा ९ रोपनीमा फूल खेतीगर्ने योजना रहेको ढकाल बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्