४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

देशको अर्थतन्त्र बलियो हुन कृषी प्रबिधी मैत्री हुन आबश्यक सांसद मैनाली

१६ औ राष्ट्रिय धान दिवश नुवाकोटमा भब्यताको साथ मनाईएको छ । “धान खेतीमा प्रबिधी र यान्त्रीकिकरण, चामल आयातमा न्युनिकरण ” भन्ने राष्ट्रिय नाराका साथ भब्य रुपमा धान दिवश तथा रोपाइ महोत्सव नुवाकोटका बिभिन्न स्थानमा हर्ष र उल्लाशका मनाईएको छ ।
धान उत्पादनमा बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको विभिन्न स्थानमा रोपाई महोत्सव आयोजना गरिएको हो ।
रोपाई महोत्सब कार्यक्रलाई सम्बोधन गर्ने क्रममा प्रदेश सांसद बद्रि मैनालीले अबका दिनमा परम्परागत खेती प्रणालीको अन्त्य हुनु पर्ने बताउनु भयो ।


सांसद मैनालीले खेतीमा आधुनिकीकरण,औजारीकरण ,साथै सामुहिक कृषी प्रणाली अबलम्वन गर्न सके आयात कम भई देश अर्थतन्त्रमा बलियो हुने धारणा ब्यक्त गर्नु भयो । सांसद मैनालीले अनुदानमा आधारीत कृषी प्रणलीलाई सरकारले जोड दिएको बताउदै प्रदेश नं ३ का १३ जिल्लाहरुमा कृषी तथा पशुका क्षेत्रमा अनुदानको लागी करिब २० करोड बजेट बिनियोजन गरेको बताउनु भयो ।
त्यस्तै पंचकन्या गाउपालीकाका अध्यक्ष तेज बहादुर लामा रमेशले कृषी क्षेत्रको बिकाशमा आफु र गाउपालीका इमान्दारीता पुर्वक लाग्ने बताउनु भयो । उहाले प्रदेश सकारले पंचकन्याको कृषी क्षेत्रको बिकाशको लागी ४ ओटा कृषी सडकको लागी रकम बिनियोजन गरेकोमा हर्ष ब्यक्त गर्नु भयो । अध्यक्ष लामाले आफ्नो कार्यकालमा पालीकालाई आर्थिक,सामाजिक, सांस्कृतिक रुपमा सबल र सक्षम बनाउने धारण ब्यक्त गर्नु भयो । उहाले प्रदेस सरकार तथा स्थानिय सरकारको प्राथमिकताको आधारमा परेका योजनाको काम समयमा नै सम्पन्न गर्ने प्रतिबद्दता समेत जनाउनु भयो ।
धान रोपाई महोत्सबमा बिभिन्न् सांकृतीक कार्यक्रकोे साथै हिले दौड लगाएतका हिलोमा खेलिने खेल समेत खेलाइएको थियो

प्रतिक्रिया दिनुहोस्