१२ श्रावण २०८१, शनिबार
Logo

गाउँमा विरामी हुँदा डोको र स्टेचरमा विरामी बोकेर अस्पताल लग्नुपर्ने बाध्यताको अन्त्य

तुप्चेमा एक युवा क्लबको सहयोगमा एम्बुलेन्स संचालनमा आएको छ ।
विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको श्री आदर्श जनकल्याण युवा क्लबको पहलमा स्थानिय बासिन्दा तथा एक स्वीस नागरीकको सहयोमा एम्बुलेन्स संचालन गरिएको क्लबका सचिव रामशरण प्याकुरेलले बताउनु भयो ।
एक्बुलेन्स समुद्घाटन तथा सहयोगीदाता सम्मान कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले एम्बुलेन्स चालक अर्जुन पराजुलीलाई साँचो हस्तान्तरण गरि एम्बुलेन्सको औपचारिक उद्घाटन गर्नु भएको थियो ,।

एक्बुलेन्स समुद्घाटन तथा सहयोगीदाता सम्मान कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले कार्यक्रमलाई सम्बोधन गदै आफ्नो गाउ ठााउँको आवश्यकता पहिचान गरेर एम्बुलेन्स खरिद गर्नु निकै प्रशांसानिय काम भएको बताउनु भयो । सांसद खतिवडाले आफुले गरेको काम पारदर्शी र जवाफदेही भएर गरेमा सबैको साथ र सहयोग पाइने बताउनु भयो । उहाले सबैजनाले उपयुक्त क्षेत्र पहिचान गरि काम सुरु गरेमा ब्यक्ती तथा समुदायको आर्थिक उन्नती हुने बताउदै ब्याबसायि उत्पादनमा सबैले जोड दिनु पर्ने बताउनु भयो । आफ्नो चुनावी क्षेत्र तारकेश्वरको तारुका देखी किस्पाङको भाल्चे सम्म चक्रपथ बनाउनको लागी प्रदेश सरकारले डिपीआर गरि सकेको बताउनु भयो आर्थिक सामाजिक रुपमा बिकाश गर्न यातायात पहिलो आधार भएको बताउनु भयो । उहाले सानो तिनो काम भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा ठुला तथा बहुर्षिय आयोजना सम्पन्न गर्नमा लागेको बताउनु भयो ।     
त्यस्तै कार्यक्रमलाइृ सम्बोधन गर्ने क्रममा संविधानसभाका सदस्य तथा उत्तरगया क्षेत्र बिकाश समितीका राममाया बोगटीले एम्बुलेन्स संचालनमा ल्याउनु मात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई निरन्तर र दिगो रुपमा संचालन गर्नु मुख्य चुनौती रहेको बताउनु भयो । उहाले सरकारले गरेको बिबिध बिकाश याजनामा साचो र चिन्ता लिनु पर्ने बताउदै राज्यको तबरबाट भएको बिकाश निर्वाणको कामलाई संरक्षण गर्नु पर्ने बताउनु भयो ।
स्वीजरल्याण्डकी नागरिक रोमीको ७ लाख तथा स्थानिय समाज सेवीबाट करिब ४ लाख आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएकोे कार्यक्रका सभापती तथा क्लबका अध्यक्ष भिमसेन बोगटीले जानकारी दिनुभयो । गाउँमा विरामी हुँदा डोको र स्टेचरमा विरामी बोकेर अस्पताल लग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा सबैले खुशी व्यक्तगरेका छन्कार्यक्रममा एम्बुलेन्स खरिदको क्रममा आर्थिक तथा प्रबिधीक सहयोग गर्ने १ सय २० जनालाई प्रमाण पत्र खादा तथा दोसल्लाले  सम्मान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्