१२ श्रावण २०८१, शनिबार
Logo

काम जिम्मेवारीका साथ गरेमा नेपालको सम्बृद्घि सम्भव छ , प्रमुख तामाङ

नेपाल रेडक्रश सोसाइटी जिल्ला कार्य समितीले प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेललाई स्वागत गरेको छ ।
सुक्रबार बिदुर नगरपालीका वडा नं ४ बिदुरमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी पोखरेललाई स्वागत गरेको हो । स्वागत कार्यक्रलाई सम्वोधन गर्दै जिल्ला संमन्वयन समितीका प्रमुख सन्तमान तामाङले सबै पेशा र कार्यमा लागेका हरेक ब्यक्तीले आफ्नो काम जिम्मेवारीका साथ गरेमा नेपालको सम्बृद्घि सम्भव हुने बताउनु भयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद अधिकारीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटलाई समानुपातीक ढंगले काम संपादन गर्न आग्रह गर्नु भयो । उहाले आगामी दिनमा सहकार्य र समन्वयन गरेर काम गर्ने बताउनु भयो ।

कार्यक्रममा नुवाकोट रेडक्रशका मन्त्री हरि श्रेष्ठले बिपतका समयमा बिपतमा परेका ब्यक्तीहरुका लागी गैरखाद्य सामाग्री रेडक्रमा भएको बताउन बताउनु भयो । मन्त्री श्रेष्ठले नुवाकोटमा संचालनमा आएको रक्त संचार केन्द्र संचालनमा निकै कठिनाई भएको बताउनु भएको छ । उहाले आर्थिक तथा प्रबिधिक समस्याका कारणले समस्या भएको बताउदै रक्त संचार केन्द्रमा सहज बातावण बनाउन सबलाई आआफ्नो ठाउबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका कार्यक्रम संयोजक रबिन दाहालले
नुवाकोटमा रेडक्रसले गरेको प्रगती बिबरण प्रस्तुत गरेका छन् । नेपाल रेडक्रशल ेस्थानिय स्तरमा जिबिको पार्जनका काम ,जनचेतना मुलक कार्यक्रम प्रस्तुत ,निजी आवाशमा सहयोग, आर्थिक सहयोग, प्रबिधिक सेवा प्रवाह गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्