१२ श्रावण २०८१, शनिबार
Logo

समृद्ध नुवाकोट र सामथ्र्य नेपाल नुवाकोटले गर्यो अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विदुर, समृद्ध नुवाकोट र सामथ्र्य नेपाल नुवाकोटको संयुक्त आयोजनामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार विदुर नगरपालिका वडा नं १३ स्थित श्री कन्यादेवि आधारभुत विद्यालयका अनाथ तथा आर्थिक अवस्था दयनिय भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको आयोजकले बताएको छ ।
१६ अनाथ विद्यार्थी र ६४ आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई विद्यालय पोशाकका साथै झोला, जुत्ता, स्टेसनरी सामग्री वितरण गरिएको हो ।
समृद्ध नुवाकोट र सामथ्र्य नेपाल नुवाकोटका युवा समुहले गरेको यो प्रशंसनिय कार्यबाट ८० जना विद्यार्थीको शिक्षामा सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको आयोजकले बताएको हो ।
२०७२ को भुकम्पले आफ्ना आमाबाबुको ज्यान लिएपछि धेरै विद्यार्थी अनाथ बनेका छन्, यस्ता अनाथका पढाई नरोकियोस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको समृद्ध नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्