१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

प्रथम उपमेयर कप राष्ट्रिय भलिबल प्रतियागीता जेठ ३० गतेबाट सुरु

नुवाकोटको कोलनीमा प्रथम उपमेयर कप राष्ट्रिय भलिबल प्रतियागीता जेठ ३० गतेबाट सुरु हुने भएको छ । चालु आथिर्क बर्षमा नुवाकोटमा तेस्रो राष्ट्रिय स्तरको खेल हुन लागेको छ । अन्य बिभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाए जस्तै क्षमता दक्षता तथा खेल प्रति रुची राख्ने सबैको र सिंगो जिल्लाको पहिचान खेलमा निर्धाण हुने गरि खेल क्षेत्रको बिकाश गर्ने जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष बुद्घि प्रधानले बताउनु भयो ।


बिदुर नगरपालीका नुवाकोटको आयोजनामा संचालन हुने भलिबल खेलको सम्पुर्ण तयारी पुरा भएको बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडा नं ९ का अध्यक्ष शनि चित्रकारले जानकारी दिनु भएको छ । प्रथम उपमेयर कप राष्ट्रिय भलिबल प्रतियागीतामा बिभिन्न जिल्लाका सात टिमको सहभागीता रहेको आयोजक बिदुर नगरपालीकाले जनाएको छ । बिहान ७ बजे देखी र दिनको २ बजे देखी सुरु हुने र ५ दिन सम्म चल्ने खेलमा १४ लाख, ४७ हजार बराबर खर्च लाग्ने बिदुर नगरपालिकाले जानकारी दिएको छ ।
उक्त उपमेयरकपले प्रथम हुनेलाई रु १,लाख ५०,हजार कप, स्वर्ण पदक , दास्रो हुनेलाई रु ७५ हजार , कप रजत पदक तथा तेसा्रे हुनेले रु २५,००० हजार कप कास्य पदक हासिल गर्ने आयोजकले जानकारि दिएको छ । साथै खेल अबधी भरि उत्कृष्ठ प्रर्दशन गर्ने हरुको लागी पनि पुरस्कारको ब्याबस्था गरेको आयोजकले जनाएको छ । यो खेल संघिय संसदका उप सभामुख डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा उद्घाटन हुने छ ।

प्रतिक्रिया दिनुहोस्