१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको क्षेत्रपाल माबि को १४ रोपनि जग्गा भुमाफीयाको चंगोलमा

नुवाकोटका केहि सरकारी जग्गामा भु माफियाको चलखेल सुरु भएको छ ।
नुवाकोटको लिखु गाउपालिका वडा नं ४ मा रहेको श्री क्षेत्रपाल मा.विको नाममा रहेको करिब १४ रोपनी जग्गा बेचेर भु माफियाहरु पैसा कमाउने दाउमा छन् ।
यस कार्य कानुन विपरित भएको थाहा पाउदा पाउदै पनि लिखु गाउापलिका वडा नं ४ का वडा अध्यक्ष दल बहादुर राई यस कार्यमा संलग्न छन् ।
जग्गा क्षेत्रपाल मा.विको नाममा रहेको करिव २५ सौँ वर्ष सम्म भैसक्यो ।
स्थानीय विदुर राई , दिपक राई र केशव राईले वर्षौ देखि भोगचलन गर्दै आएको जग्गा भनी वडा ४ को कार्यालयले व्यक्तिको नाममा जग्गा पास गरिदिन गत जेठ १५ गते सिफारिस गरेको थियो । हाम्रा संवाददता
हरु बिष्णु अधिकारी र कोपिला अर्याल जेठ २५ गते वडा अध्यक्ष राईलाई भेट्न जादा कार्यलयको समयमा उनी आफ्नो कार्यकक्षमा थिएनन्.। वडा सचिवले बताए अनुसार उनी काठमाडौ गएका थिए ।

सरकारी जग्गा व्यक्तिको नाममा गरिदिन्छु भन्दै पैसा कमाउने प्रलोभनमा परि वडा अध्यक्ष राईले भु माफियालाई नै सिफारिस लेख्न लगाएको वडा सचिव रमेश कुमार गौडले बताए ।
वडा अध्यक्ष राईले सचिवलाई सिफारिस लेख्न अराएको थिए । सचिवले कानुन विपरित यो कार्य म गर्न सक्दिन भनेपछि भु माफियाहरुले नै सिफारिस लेखेको बताए । 

भोगचलन गर्दै आएको स्थानीयलाई खेती लगाउनका लागी जग्गा भाडामा दिएको विद्यालयका प्रअ कृष्ण बहादुर राईले बताए । उनले स्थानीयबाट २ लाख रकम उठाउन वाकी रहेका समेत बताए ।
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रलोभन देखाई माफिया पैसाले झोला भर्ने दाउ गरिरहेका छन् । यो कार्यमा नेता साध्य बहादुर भण्डारीको संलग्नता रहेको प्रअ राईले बताए ।
उनले साध्य बहादुर र दल बहादुर राईको समर्थनमा रहेका दुई व्यक्ति विद्यालयमै आएर जग्गा विद्यालयको नाममा भएको रबरघारीको कित्ता नं १८८, १८९, १९० को जग्गा विदुर राई , दिपक राई र केशव राईको नाममा गरिदिन सिफारिस मागेको बताए ।
उनले भु माफिया भण्डारी करिव एक वर्ष अगाडी देखि पटकपटक विद्यालयको जग्गा व्यक्तिको नाममा गरिनु पर्ने भन्दै विद्यालयमै आएर दवाव दिएको बताए । अहिले विद्यालय कै नाममा रहेकोे जग्गा मिचेर स्थानीय मोती घलले करिव ५ आना जग्गा मा घर बनाएका छन् । विद्यालयको नाममा रहेको जग्गामा माफिया र स्थानीयको मनोमानी चल्दा समेत गाउपालिकाले कुनै कदम चालेको छैन ।
गाउपालिका का अध्यक्ष धु्रव श्रेष्ठले केहि समयमा भोगचलन गर्दै आएको जग्गा अव ठेक्कामा कमाउन नदिने बताउनु भयो । विद्यालयके नाममा रहेको जग्गामा जो जोले एकाधिकार जमाएका छन् उनीहरुलाई कानुन अनुसार जग्गा खाली गर्न लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्