२६ माघ २०८१, शनिबार
Logo

सुर्यगढी सामुदायिक क्याम्पसको संचालक समितीको अध्यक्षमा बिमला सुवेदी

बिदुर , सुर्यगढी सामुदायिक क्याम्पसको संचालक समितीले लामो समय पछि पुर्णता पाएको छ ।
सुर्यगढी गाउपालिका वडा नं ३ मा रहेको सुर्यगढी सामुदायिक क्याम्पसको संचालक समितीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिमला सुवेदी सर्वसम्मतले चयन हुनु भएको छ । यस क्याम्पसले आगामी तीन बर्षको लागी संचालक समिती चयन गरेको हो । नया संचालक समिती चयन भए सगै क्याम्पसको भौतीक अबस्था , शैक्षिक अबस्था बृहतरुपमा सुधार गर्दै लैजाने संचालक समितीका अध्यक्ष बिमला सुवेदीले बताउनुभयो । नव निर्वाचित अध्यक्ष सुवेदीले यस क्याम्पसमा समय सापेक्ष शिक्षा प्रदान गरी नमुना क्याम्पसको रुपमा बिकाश गर्ने प्रतिबद्दता जनाउनु भयो ।
मंगलबार गठीत नया क्यापस संचालक समितीमा बिमला सुवेदी सहित ११ जना चयन भएका छन् । गत बैशाख १४ गतेको १२ औं क्याम्पसशभाबाट निर्वाचित सदस्यहरु सदस्यमा चयन भएका हुन् । सदस्यहरुमा बिन्दा ढुंगाना , गुरु प्रसाद अधिकारी, शिवराम प्याकुरेल, जित बहादुर घले, राजेन्द्र रिजाल , राजकुमार श्रेष्ठ, अण बहादुर प्याकुरेल, मेदिनीदत्त अधिकारी, श्याम प्रसाद लम्साल रहनु भएको क्याम्पस प्रमुख शिब बहादुर भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै यस सुर्यगढी सामुदायिक क्याम्पसमा संघिय सांसद हित बहादुर तामाङ, प्रदेश सांसद बद्रि मैनाली, सुर्यगढी गाउपालिकाका अध्यक्ष शन्त बहादुर घले, गाउपालिकाका उपाध्यक्ष मंजु बुढाथोकी ढकाल, बागेश्वरी माध्यमिक बिद्यालयका प्राचार्य राजेन्द्र गिरी, पुर्व क्याम्पस प्रमुख लाल बहादुर कुवर, जनार्दन अधिकारी, ऋषी पौडेल यस क्याम्पसको पदेन सदस्य रहनु भएको छ । सुर्यगढी सामुदायीक क्याम्पसका क्याम्पस प्रमुख शिव बहादुर भण्डारी सदस्य सचिव रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्