२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

लक्षित वर्गको साथी जि.एफ.एन.नेपालले गर्यो नुवाकोटमा पिछडिएकालाई सहयोग

नुवाकोट, जि. एफ. एन. नेपालले नुवाकोटमा अति विपन्न वर्गलार्ई सहयोग गर्ने उदेश्यका साथ विभिन्न  कामको सुरुवात गरेको छ ।
जि. एफ. एन. परोपकारी परियोजना २०७५–२०७६ अन्तर्गत विपन्न किसानका लागी बाख्रा वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीका लागी छात्रावृत्ति वितरण तथा लेखन सामग्रीको वितरण गरेको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिकाका ३ विद्यालयलाई विहिवार लेखन सामग्रीका साथै खेलकुद सामग्री वितरण गरेको हो ।
तारकेश्वर गाउपालिका वडा नं ४ को चण्डी मा.विका १५० विद्यार्थीलाई लेखन सामग्री वितरण गरेको हो । चण्डी मा.विमा १० ग्रस लेखन सामग्री, १ क्यारिम वोर्ड र १ बेटमेन्टन गरि ५२ हजार ५ सय बरावरको साम्रगी वितरण गरेको जिं एफ. एन. नेपालले जनाएको छ ।
तारकेश्वर ३ तारुकाको हस्तीकेश्वरी वैयाकर्ण लिलानाथ प्राथमिक विद्यालयको विद्यार्थीका लागी २ ग्रस लेखन सामग्री १ क्यारिम वोर्ड र १ बेटमेन्टन गरि १३ हजार ५ सय बरावरको साम्रगी वितरण गरेका छ ।
त्यस्तै तारकेश्वर ३ बदेली तारुकाको नमुना जनजागृत आधारभुत विद्यालयको विद्यार्थीका लागी १ ग्रस लेखन सामग्री १ क्यारिम वोर्ड र १ बेटमेन्टन गरि ९ हजार २ सय बरावरको साम्रगी वितरण गरेका छ ।
३ विद्यालयका २ सय ६५ जना विद्यार्थीका लागी लेखन सामग्री वितरण गरेको हो ।
साथै तारकेश्वर १ को श्री दाङसिङ मा.विकी छात्रा एलिना सुनार, तिलकुमारी भण्डारी, दुर्गा सुनारलाई मासकि ५ सयका दरले यस वर्षको ६ हजार छात्रावृत्ति रकम वितरण गरिएको छ ।
त्यस्तै तारकेश्वर १ को जालपादेवि आधारभुत विद्यालयका छात्र विजय सुनार, नवराज रिमाल, विदुर १२ तिनधारे पिपल डाडा मा.विकी छात्रा लक्ष्मी रिमाल, विदुर ४ पृथ्वी मा.विकी छात्रा दुर्गा वि.क र सरस्वती विकलाई पनि ६ हजार रकम छात्रावृत्ति स्वरुप वितरण गरिएको हो ।
साथै तारकेश्वर ३ बदेली तारुकाको नमुना जनजागृत आधारभुत विद्यालयका छात्र सुनील अछामी, सन्तोष मजकोटि, छात्रा सपना रोक्का र भवानी मजकोटीलाई ६ हजार रकम छात्रावृत्ति स्वरुप वितरण गरिएको हो । विहिवार विभिन्न विद्यालयका १२ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको हो ।
गरिव तथा जेहेन्दार विद्यार्थीको पढाई नरोकियोस् भन्ने उदेश्यले लेखन तथा खेलकुद सामग्रीका साथै छात्राबृत्ति वितरण गरिएको जि. एफ. एन नेपाललका म्यानेजर भिमलाल तामाङले बताउनु भयो ।
साथै उहाँले बालबालिकाका अभिभावलाई छात्रावृत्ति रकमको दुरुपयोग नगर्न आग्रह गर्दै भन्नु भयो, “तपाईका छोरा छोरीलाई दिइएको ६ हजार रकम बजार गएर आफूलाई राम्रो लागेको कुरा किनेर पैसा नमासिदिनुस्, बरु बालबच्चाका लागी विद्यालय पोशाक र किताव कापी किनिदिनुस् ।”
विहिवार सम्पन्न कार्यक्रममा तारकेश्वर गाउपालिका कै गरिब तथा पिछडिएका २० कृषकलाई बाख्रा वितरण गरेको छ । तारकेश्वर ३ जोर चौताराका गरिब किसानलाई जिविकोपार्जनमा राहत पुर्याउने उदेश्यले कृषकलाई बाख्रा वितरण गरेको हो ।
त्यस्तै तारकेश्वर ५ गोरस्याङको सयपत्री यूवा क्लबलाई आर्थिक सहयोग स्वरुप १ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
यहि जेष्ठ १९ विदुर ७ को बच्छला देवि मा.विमा लेखन सामग्रीका साथै खेलकुद सामग्री वितरणका साथै एकल महिलालाई सम्मान गरिने कार्य योजना रहेको जि. एफ. एन नेपालका सदस्य राजन बमले जानकारी दिनु भयो ।
जेठ २० गते भने म्याघङ गाउपालिका १ मा बाख्रा वितरण, छात्रवृत्ति वितरण तथा विद्यार्थी लााई लेखन सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको बमले जालपा न्यूजसगँको कुराकानीमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्