१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा पत्रकार कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवस मनाइयो

विदुर, आज महान साँस्कृतिक शहिद तथा पत्रकार कृष्ण सेन “इच्छुक” १७ औँ स्मृतिदिवस । नुवाकोटमा सेनको १७ औँ स्मृति दिवसरको अवसरमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोटको सदरमुकाम विदुरमा सेनले जनअधिकारको निम्ती पुर्याउनु भएको योगदान नेता, पत्रकार तथा साहित्यकारहरुले स्मरण गरेका छन् ।
स्मृति सभालाई सम्बोधन गर्दै नेकपाका प्रदेश नं ३ का सदस्य सुभद्रा नेपालले परिर्वतनको अक्षरको कारणले तत्कालिन सरकाले निकै निरीह काम गरेको बताउनु भयो । प्रदेश सदस्य नेपालले कलममा निकै शक्तीशाली तागत हुने भएकाले तत्कालिन राज्यको कायरताको पराकाष्ट सेनको हत्या भएको स्मरण गराउनु भयो ।

साथै सरकारले सेन जस्तै ज्ञात अज्ञात सहिदहरुको सपना पुरा गर्ने काममा लान्नु पर्ने बताउनु भयो। उहाले दुई तिहाइको सरकाले जनभावना अनुरुप काम गर्न जनताको पनि साथ सहयोग हुन जरुरी रहेको बताउनु भयो ।
प्रेस संगठन नेपाल, नुवाकोटको आयोजनामा भएको कार्यक्रममा नेकपा नुवाकोटका सदस्य यम कुमार खाती, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र बहादुर पडिण्त, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, प्रेस चौतारी नुवाकोटका अध्यक्ष भोला पौडेल, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले परिवर्तनका संवाहक सेनले देखाएको वाटोमा नेकपा सरकार नहिड्नाले जनता सरकारसगँ रुष्ट भएको बताए ।
उनीहरुले सरकार तथा जनप्रतिनिधिहरुले जनतामाथी कुठाराघात गर्न नहुने, पत्रकारले आफ्नो कलम जनहित , पारर्दशिता र सुशासनका निम्ती चलाउनु पर्ने बताए ।
कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिननगर प्रहरी प्रमुखबिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातनादिएर हत्या गरेका थिए ।
सेन हत्याको १७ बर्ष पुगिसक्दापनि घटनाको सत्यतथ्यछानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।
निष्ठा र आदर्शको लागि राजनीति तथा पत्रकारिता गरेका सेन आज राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै जनवादीआस्थाका केन्द्र बन्नपुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन आफ्नो आदर्श जस्तै सादा जीवन जिउने गर्थे ।
वि.सं. २०१३ माभारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक तत्कालिन जनादेश दैनिकका प्रधान सम्पादक थिए ।

प्रतिक्रिया दिनुहोस्