१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल बजार बिक्रि प्रतिनिधि संघ प्रदेश नं ३ को चौथो अधिबेशन सम्पन्न

काठमाडौँ, नेपाल बजार बिक्रि प्रतिनिधि संघ प्रदेश नं ३ को चौथो अधिबेशन सम्पन्न भएको छ । नेपाल उधोग बाणिज्य संघ ३ नं प्रदेश का अध्यक्ष दिनेश श्रेष्ठ को प्रमुख आथिथ्यतामा भक्तपुरको इन्द्राशान पार्टी प्यालेसमा भएको अधिबेशनमा कुमार तिमिल्सिना अध्यक्षमा १३ सदस्यीय सहितको समिति चयन गरिएको छ । उपाध्यक्ष पदमा निर्वाचित नुवाकोटका शैलेस बुढाथोकी भएका छन । विभिन्न कम्पनीमा आवद्ध रहेर बजार प्रतिनिधिहरुको बिचमा भएको मतदानमा शैलेस बुढाथोकी अत्याधिक बहुत मत प्राप्त गरि बिजयि हुनु भएको छ । प्रदेशको अधिबेशन पश्चात् नुवाकोट र धादिङ समन्वय गर्ने गरि नयाँ समिती चयन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्