१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर १३ कोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बिदुर,  नगरपालिका वडा नं १३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सुक्रवार सम्पन्न सार्वजानिक सुनुवाईमा निती, कार्य योजना, बिकाश तथा बजेटको बिषयमा स्थानियले प्रश्न गरेका छन् । वडावासीको प्रश्नलाई सम्बोधन गर्दै वडा अध्यक्ष दल बहादुर तामाङले आगामी बर्ष देखी सार्वजनिक सुनुवाईलाई प्राथमिकतामा राखेर जनभावनालाई कदर गरेर काम गर्ने बताउनु भयो ।

आफुले जनताको काम छितो छरितो र सेवा चुस्त बनाउन कुनै कसुर नराखेको दावी समेत गर्नुभयो । अध्यक्ष तामाङले पछिल्लो समय वडाको सम्पुर्ण टिम समय सापेक्ष गुणस्तरीय शिक्षाको बिकाशमा लागी परेको बताउनु भयो ।

उहाले यो नयाँ शैक्षिक सत्रमा बिदुर नगरपालिकाले ल्याएको शिक्षा नितीले कुनै प्रगती नहुने दावी समेत गर्नुभयो ।
उहाँले वडा छाडेर बजारमा बालबाली का पढाउन बसेका आमाहरु गाउ फर्काउने अभियानमा लागेको बताउनु भयो । साथै ब्याबसायिक कृषि पशुपालन तथा बिभिन्न शिप मुलक काममा जोड दिरहेको बताउनु भयो ।

उहाँले नगरपालिकाले वडा नं १३ को भौगोलिक बनावट हेरेर बजेट बनाउन पर्नेमा सो हुन नसकेको बताउनु भयो । अध्यक्ष तामाङले बिदुर नगरपालिकाले वडा वडामा बजेट विनियोजनमा बिभेद गरेको बताउनु भयो । आफ्नो वडाको बिकाशको योजना पास गर्ने काममा समेत नगरपालिका चुकेको आरोप लगाउनु भयो ।

बिदुर नगरपालिकाले एकै पटक वडाका कल्याण प्राबि ,प्रगती शिल प्राबि, सृजनशिल प्राबि र कालिका प्राबि अन्यत्र गाभेकाले त्यहाँका स्थानिय बालबालीकाहरु बिद्यालय जान नसक्ने अबस्था रहेको उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य मान बहादुर खड्काले नगरपालिकाले प्रदान गरेको ४० लाख रुपैयाले साना योजना र छोटो समस्या टार्न पुगेको बताएका छन् ।
वडामा क्रियाशिल राजनिती प्रतिनीधीहरुले योजनाको उपभोत्ता समिती गठन हुनुपर्ने सबै मिलेर बिभिन्न बिकाशे योजनामा सक्रिय सहभागी बन्नुपर्ने र नगरले बजेट बिनियोजन गर्दा अबिकशित वडामा ध्यान दिनु पर्ने बताउनुभयो ।

सहभागी भएका स्थानियहरुले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गुणस्तर ल्याउन वडा लागी पर्नुपर्ने बताए ।
स्थानियहरुले ब्यक्तीबादी योजना बनाउन नहुने, धार्मिक आस्थाको रुपमा सबै धर्मको संरक्षणमा लाग्नु पर्ने, महिला तथा बाल बालीका दलित तथा कृषिको क्षेत्रमा बजेट छुट्याउनु पर्ने ,साना योजनालाई पनि प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्