रानीपौवामा हुने कृषि मेलाको तयारी अन्तिम चरणमा, नेकपाका अध्यक्ष “प्रचण्ड”द्धारा उद्घाटन गरिने

ककनी, नुवाकोटको रानीपौवामा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । आगामी जेठ ४ गते देखि ८ गतेसम्म नुवाकोटको पर्यटकीय स्थल ककनीमा उक्त कृषि प्रदर्शनी मेला हुन लागेको हो ।
प्रतिष्ठान मुख्य आयोजक तथा ककनी गाउँपालिका सहआयोजक रहेको प्रर्दशनीमा मेलामा ४० ओटा स्टल रहने तथा शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शनी उद्घाटन गर्ने भएका छन् ।
विहिवार नुवाकोटको सदरमुकाम विदुरमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको सो मेलाका संयोजक तथा प्रदेश सांसद हिरानाथ खतिवडाले जानकारी दिनु भयो । उहाले कृषिमा बैज्ञानिकता, आधुनिकता र व्यवहारिकता ल्याउनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाले कृषिप्रधान मुलुक कृषिमै आत्मनिर्भर हुन नसक्नु दुःखद विषय भएको बताउनु भयो ।
उहाले मेलामा स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलहरु रहने ,जिल्लाको विशेष कृषि उत्पादन ट्राउण्ट माछाको समेत अवलोकन गर्न सकिने बताउनु भयो । साथै संयोजक तथा सांसद खतिवडाले २५६ जना कृषकलाई उत्पादित कृषि वस्तुहरुको प्रदर्शनको मुल्याङ्कन गर्दै पुरस्कृत गरिने जानकारी दिनुभयो । नुवाकोट जिल्लाका दुई नगरपालिका सहित १० गाउँपालिका र छिमेकी तीन जिल्ला रसुवा, धादिङ र काठमाडौं समेत समेट्ने गरि मेलाको आयोजना गरिएको बोगटी स्मृति प्रतिष्ठानले जनाएको छ ।
जेठ ४ गतेदेखी ८ गतेसम्म चल्ने कृषि प्रदर्शनीमा करिव ४० हजारले अवलोकन गर्ने लक्ष्य रहेको ६० लाख अन्दानी र सोही बरावर खर्च हुने पोष्टबहादुर स्मृती प्रतिष्ठान जानकारी दिएको हो । कार्यक्रममा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्