१२ श्रावण २०८१, शनिबार
Logo

प्रेस स्वतन्त्रता माथि अकुंश लगाउने काम भएको छैन – सञ्चार मन्त्री वास्कोटा

विदुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन ल्याइएको बताउनु भयो ।
पे्रस संगठन नुवाकोटद्वारा आइतबार नुवाकोटको सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले अर्काको मानमर्दन हुने पत्रकारिताको विकास भएका कारण त्यसलाई नियमन गर्न सरकारले सन्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा प्रस्ताव गरेको बताउनु भयो ।सत्य विषय उजागर गर्दा कोही पत्रकार अत्तिनु नपर्ने र सत्य समाचार जनतामाझ लैजाने पत्रकारलाई सरकारले अंकुश लगाएर जेल नपठाउने समेत मन्त्री बास्कोटाले बताउनु भएको हो । इमान्दारितामा रहेका पत्रकारहरु प्रस्तावित मस्यौदावाट आत्तिनु नपर्ने मन्त्री बास्कोटाको भनाई छ। उहाले नुवाकोट अर्थतन्त्रको मेरुदण्ड भएको बताउ भयो । उहाले सरकारको रेल तेल खानी प्रकृति मानविय सा्रेतको अधिकतम प्रयोग गर्ने निति तथा कार्यक्रमको आलोचना गरेको बताउदै सुख र सम्बृद्धिका लागी मिडियाले साथ दिनु पर्ने बताउनु भयो । उहाले पछिल्लो समय सामाजिक सन्जाल मार्फत प्रतिपक्षले आलोचना गरेपनि केरुङ देखि काठमाडौ रेलवय बनाउने, नेपालको पूर्व पश्चिम रेलवय बनाउने, आम जनतालाई केन्द्र विन्दुमा राखेर निर्वाचन गरिएको घोषणा भष्टाचार विरुद्ध विभिन्न जटिल कार्य गरेको बताउनु भयो ।
उहाले वालुवाटारको जग्गा प्रकरणमा सरकारले जग्गाा बचेको नभई जग्गा किनबेच गर्नेलाई कानुनको कठघरामा ल्याउने काम गरेको बताउनु भयो
साथै मन्त्री वास्कोटाले प्रेसलाई सुरक्षित र सम्मानित बनाउन तथा स्वतन्त्र पत्रकारिताका लागी प्रेस विधेयक ल्याएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्