१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको छहरेमा ट्रिफरले ठक्कर दिँदा दुई जना गम्भिर घाइते

चिरञ्जीवी नेपाल
लिखु, नुवाकोटको छहरेमा ट्रिफरको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । लिखू गाउँपालिका वडा नं ६ बच्छला मावि नजिक (टोखा छहरे सडक खण्ड) गुर्जेबाट आउँदै गरेको बा ४ ख ३९२४ नम्बरको ट्रिफरले विपरित दिशाबाट आउँदै गरेको बा ८७ प १०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट पञ्चकन्या गाउँपालिका वडा नं २ बस्ने ३५ वर्षिय मोटरसाइकल चालक कुमार तामाङ गम्भीर घाइते भएका हुन् । हात र खुट्टामा चोट लागेको तामाङलाई उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको बताइएको छ । तामाङलाई घाइते बनाएर द्रुत गतिमा भागेको ट्रिफरले घटनास्थलबाट ५०० मिटर दुरीमा पुनः अर्को दुर्घटना गरेको छ । दुर्घटनामा सिन्धुपाल्चोक स्थायी घर भई लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बस्ने पैदल यात्री ४० वर्षिय शरण बि।क। परेका छन् । उनलाई टाउको,बायाँ खुट्टा र दुवै हातमा चोट लागेको छ । उनी गम्भीर अवस्थामा रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । ओखलढुङ्गा स्थायी घर भएका २५ वर्षिय ट्रिफर चालकको काठमाडौंस्थित मुलपानीमा बसोवास रहेको प्रहरीको सोधपुछबाट पत्ता लागेको छ । ट्रिफर चालक कर्मा तामाङलाई ईलाका प्रहरी कार्यालय ढिकुरेको नियन्त्रणमा लिएको छ । अहिले छहरे खण्डको सडकमा कुनै पनि अवरोध नरहेको समेत ईलाका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्